काठमाडौं–कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।
आङरिताको सोमबार विहान १० बजे जोरपाटीस्थित छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो। बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी स्वर्गीय शेर्पाको अन्त्येष्टि गरिँदैछ।
विनाअक्सिजन १० पटक सगरमाथा आरोहणको विश्वरेकर्ड राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिन्थे।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।