काठमाडौं–काठमाडौ उपत्यकासहित प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानमा केही दिन भारी वर्षाको आँकलन गरिएको छ।
मनसुनी न्यूनचापीय रेखा भारत छत्तिसगढको उत्तरी क्षेत्र नेपालनजिकै भएकाले भारी वर्षा हुने सम्भावना बढ्दै गएको हो। हालसम्म देशैभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आँकलन गरिएको छ।
हाल मनसुन कायमै रहँदा बाढीपहिरोको उच्च जोखिम हुने भएकाले उच्च सतर्क रहन जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले आह्वान गरेको छ। मनसुन सकिने समय भए पनि अहिले नै केही भन्न नसकिने मौसमविद मीनकुमार अर्यालले बताए। ‘सामान्यतया मनसुन जुन १० मा सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ। त्यो समय आज सकिदैछ’ अर्यालले भने, ‘तर, मनसुन सकिने संकेत देखिएको छैन। अर्को हप्ताको अन्तिमसम्म केही अनुमान गर्न सकिन सक्छ ।’ सामान्य मनसुन सकिने मितिभन्दा धेरै पछाडी नै सकिने गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।