सांकेतिक तस्बिर
काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन सबै नदीमा बहाव बढ्ने जनाएको छ।
आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई तथा कालीगण्डकीमा बहाव उच्च हुने र भोलि सतर्कता तहमा पुग्न सक्ने महाशाखाले जनाएको छ। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली तथा यसका सहायक नदीमा बहाव बढ्दो रहे पनि सतर्कताभन्दा तलै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।