काठमाडौं- प्रभु बैंकले कोभिड १९ प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी स्वरोजगार उद्यमी शिक्षित बेरोजगार युवा विदेशबाट फर्केका वेरोजगार युवा परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीरुलाई ५ प्रतिशतमै कर्जा दिने भएको छ। बैंकले मंगलबारदेखि 'सहयात्रा समृद्धिको' नामक कर्जा योजनाको आरम्भ गरेको छ।
नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ। कोभिड १९ कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।
बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो कर्जा प्रदान गरिनेछ। विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुको पेश उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ यो योजना ल्याइएको बैंकले जनाएको छ।
बैंकले मंगलबार टेम्पु चालक महिलाहरुलाई एक लाख रुपैयाँ कर्जा दिएको छ। दुई वर्ष अवधिको यो कर्जा ६ महिनापछि महिनावारी किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ। यसका लागि सक्कल नागरिकता र तमसुक गरेर प्रदान गरिनेछ। एकजनाले एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।
त्यस्तै शिक्षित युवा स्वरोजागार कर्जा अन्तर्गत स्कुल क्याम्पसमा अध्यापन गर्नेहरुलाई चार लाख रुपैयाँसम्म प्रदान गरिने बैंकले जनाएको छ।
कोभिड १९ का कारण अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्यापटप पनि खरिद गर्न नसक्ने अवस्थाका शिक्षकलाई मध्यनजर गरेर यो कर्जा प्रदान गरिएको नायव प्रमुख कार्यकारी अधिकृतले बताए।
पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालक र विद्यालय शिक्षकलाई चार रुपैयाँ कर्जा प्रदान गरिएको पोखरेलले जानकारी दिए।
पहिलो चरणमा उपत्यकाभित्र मात्रै प्रवाह गरिए पनि विस्तारै उपत्यका बाहिर पनि प्रवाह गरिने बैंकले जनाएको छ। शिक्षकले कलेज तथा विद्यालयको सिफारिस सक्कल नागरिकता पेश गर्नुपर्नेछ। बैंकले मंगलबार १० जना महिला सफा टेप्पो चालकलाई बैंकमै बोलाएर कर्जा प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।