काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ।
प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहकार्यमा उडान तालिका सार्वजनिक गरेको हो। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अक्टोबर १ बाट दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने जानकारी ट्वीटरमार्फत् गराएका छन्। 
यसअघि पिसीआर परीक्षणका लागि सहज नभएको भन्दै यी गन्तव्यको नियमित उडान हुन सकेको थिएन।  सचिव अधिकारीले यसबाहेक यसअघि सेप्टेम्बर महिनामा तय भएको उडान भने नियमित नै भइरहने जनाएका छन्।
२४ दिनका लागि तय भएको उडानमा सातामा १ सय ९ वटा उडान हुने भएका छन्। 
यस्तो छ उडान तालिका
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।