काठमाडौं–सरकारले सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। कोरोना कहरको समयमा पनि ट्रेड युनियनको निर्वाचन गर्न सरकार लागिपरेको भन्दै आलोचना भएको थियो।
असोज २४ गतेका लागि आधिकारिक युनियनको चुनावको मिति तोकिएको थियो। त्यसका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहितासमेत जारी गरिसकेको थियो।
कोरोनाको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषदको बैठकले निर्वाचन रोक्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।