काठमाडौं-शिखर इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले उक्त आर्थिक वर्षको नाफा जगेडा कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
कम्पनीले बिमा समितिबाट जारी निर्जीवन बिमा गर्ने बिमककाे वित्तीय विवरणसम्बन्धी निर्देशन बमोजिमको वित्तिय विवरणहरु तथा एनएफआरएसबमोजिमको वित्तीय विवरणहरु तयार पारेको छ। उक्त वित्तीय विवरण पारित गर्ने क्रममा कम्पनीले दीर्घकालीन दायित्व बहन गर्नका लागि जगेडा कोष बलियो बनाउनु पर्ने हुन्छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षकै साधारणसभा गर्न नसकेको अवस्थामा गत आर्थिक वर्ष २०७६/७७ को पनि एकै पटक साधारणसभा गर्ने संकेत गरेको छ। गत आर्थिक वर्षको लेखापरीक्षण चाँडाेभन्दा चाँडाे सम्पन्न गरि साधारणसभा गर्ने कम्पनीले जनाएको छ। कोभिड-१९ को नियन्त्रण तथा रोकथाम गर्ने क्रममा स्थानीय निकायले निषेधाज्ञा जारी गरिरहेको सन्दर्भमा साधारणसभा गर्न गाह्रो परेको कम्पनीले बताएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।