काठमाडौं–६ महिनादेखि बन्द आन्तरिक उडान सोमबारबाट सुरु भएको छ। सोमबार पहिलो दिन नै ३४ वटा उडान भएका थिए। दोस्रो दिन अर्थात मंगलबार भने सोमबारको तुलनमा एक उडान कम हुने भएको छ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरका अनुसार आन्तरिकतर्फ ३३ वटा उडान हुने भएका छन्। त्यसमा केही उडान भइसकेको छ भने केही हुने क्रममा छ।
कार्यालयका अनुसार मंगलबार काठमाडौंलाई बेस बनाएर नेपाल एयरलाइन्सले १, तारा एयरले २, यतीले ९, बुद्धले १७, सीता २ र श्री एयरलाइन्सले २ वटा उडान गर्ने भएका छन्।
यसअघि सोमबार बुद्धले १८, यतीले १२, नेपाल एयरलाइन्सले १, समिटले २ र सीताले १ उडान गरेका थिए। सोमबारको उडानमा ९० प्रतिशत अकुपेन्सी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।