काठमाडौं– रक्तचन्दन तस्कर गरेको आरोपमा पक्राउ परेका चारजनालाई महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।
महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने १८ वर्षीय सुनिल तामाङ, नुवाकोटको म्याजम गाउँपालिका–५ घर भई तीनचुली नै बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भई तीनचुली बस्ने ४२ लाक्पा लामा छन् ।
तीनचुलीस्थित बुद्धभूमि टोलमा रहेको डमरु कारखानाबाट महाशाखाको टोलीले १६ र ५ किलोका रक्तचन्दनका दुई वटा गोलिया बरामद गरेको थियो। पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
बौद्धबाट चार जना रक्तचन्दन कारोबारी समातिए, २१ किलो रक्तचन्दन बरामद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।