काठमाडौं-रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने गोप्य राखिएको छ। उनीहरुको समूहका थप एक जना फरार भएको र उनको समेत खोजी भइरहेको महाशाखा स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
प्रहरीले उनीहरुबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ। आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । उक्त रक्तचन्दन कहाँबाट आएको हो भन्ने खुलिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।