फाइल तस्बिर
काठमाडौं–चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी १९ औं सत्याग्रहको नवौं दिन आज काठमाडौं आउँदैछन्। उनी नेपालगन्जबाट बिहान ११ः२५ मा बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउन लागेको उनका सहयोगी महेन्द्र कार्कीले बताए।
अनशन जारी रहेकै अवस्थामा जुम्लाबाट काठमाडौं हिडेका डा केसी सोमबार नेपालगञ्ज पुगेका थिए। उनले काठमाडौमा सम्भवत शिक्षण अस्पताल महाराजगन्जमा आफ्नो सत्याग्रह जारी राख्ने छन्।
भदौ २९ गतेदेखि जुम्लामा अनशन थालेका डा केसीको स्वास्थ्य बिग्रिएपछि उनलाई गत शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको थियो। डा केसीले उक्त अस्पतालमा आक्रमण हुन सक्ने अवस्था भएको भन्दै काठमाडौं जाने निर्णय गरेका थिए। उनले ६ बुँदे माग राख्दै अनशन थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।