काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बिहान साढे ९ बजे बस्न लागेको हो।
बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थपका विषयमा निर्णय हुने बताइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।