काठमाडौं- सानिमा जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारण तर्फको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।
कम्पनीले केही समयमै सर्वसाधारणका लागि ३० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ। प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
प्राथमिक शेयर निष्काशन सँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले दुई वर्षअघि बीमा समितिबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको थियो। बीमा समितिले तीनवटा नयाँ कम्पनीलाई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो।
नयाँ अनुमति पाउनेमध्ये तीनवटैले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाइसकेका छन्।
अजोडले प्राथमिक शेयर निष्काशन गरेर दोस्रो बजारमा सूचिकृत गरिसकेको छ भने जनरलले असोज ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।