काठमाडौं- बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङरिता शेर्पाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले परिवारप्रति शुभेच्छा व्यक्त गरेका छन्।
‘यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री ओलीले लेखेका छन्‚ ‘उहाँको कीर्तिमानी सदास्मरणीय रहनेछ।’ शेर्पाको सोमबार निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।