काठमाडौं–झन्डै ६ महिनादेखि बन्द भएको आन्तरिक उडान सोमबार (आज) बाट सुरु भएको छ। पहिलो दिन आन्तरिकतर्फ ३४ वटा उडान हुने तालिका तय भएको छ। तर, निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरले भने बुधबारबाट मात्रै उडान सुरु गर्ने भएको छ।
सोमबार नेपाल एयरलाइन्स, बुद्ध, यती, समिट र सीताले उडान सुरु गरे पनि केही कम्पनीले उडान सुरु गरेका छैनन्।
दुई वटा जहाज भएको सिम्रिक एयरलाइन्सले पनि बुधबारबाट मात्रै आन्तरिक उडान सुरु गर्ने कम्पनीका बजार ब्यवस्थापक प्रज्जवल थापाले जानकारी दिए। सिम्रिकले पोखरा, भैरहवा तथा चितवनका उडान गरिरहेको छ।
सोमबार बुद्धले १८, यतीले १२, नेपाल एयरलाइन्सले १, समिटले २ र सीताले एक उडान गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।