काठमाडौं–सिभिल बैंकले आफ्नो र हिमालयन बैंकबीच मर्जरको कुनै निर्णय नभएको स्पष्ट पारेको छ। बजार बढाउन खोज्नेहरुले गरेको मर्जरको हल्ला निराधार भएको बैंकले जनाएको छ। सिभिल बैंकका उच्च अधिकारीले सञ्चार माध्यममा मर्जरको विषयमा छलफल भएको भन्दै बोलेका थिए।
मर्जरको अनधिकृत सूचनाका आधारमा समाचार आएपछि दोस्रो बजारमा सिभिल बैंकको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको थियो। आइतबार नै नेपाल स्टक एक्सचेन्जले बैंकसँग स्पष्टीकरण माग गरेको थियो।
सोमबार बैंकले स्पष्टीकरण दिने क्रममा नेपाल राष्ट्र बैंकको मर्जरको नीतिअनुरुप विभिन्न बैंकहरुसँग छलफल भइरहेको तर कुनै पनि निर्णय नभएको जनाएको छ। मर्जर समितिले कुनै पनि आधिकारिक निर्णय नगरेको तथा बजारमा आएका सूचनामा कुनै सत्यता नरहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।