काठमाडौं–प्रख्यात आरोही आङरिता शेर्पाको निधन भएको छ।
उनको आज बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा निधन भएको हो। उनी ७२ वर्षका थिए।
१० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिन्थे।
सोलुखुम्बुको थामेमा जन्मिएका आङरिताले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।