काठमाडौं–आन्तरिक उडानतर्फ आज ३४ उडान हुने भएका छन्। नेपाल एयरलाइन्सको एक, बुद्धका १८, यतीका १२, समिटको १ र सीताको १ उडान हुने भएको हो।
आज श्री र तारा एयरलाइन्सले भने उडान गर्नेछैनन्।
लकडाउनसँगै बन्द भएको आन्तरिक हवाई उडान ६ मनिापछि आजदेखि पुनः सुरु भएको हो। वायुुसेवा प्रदायक कम्पनीहरुले स्वास्थ्य मापदण्डलाई पालना गर्दै उडान सञ्चालनमा ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।