• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

याङग्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०७७  ०८:१९
1140x725

मेलम्ची–मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ।
 
पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो। 
 
दोस्रो चरणको याङग्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो। यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो ।

 मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङग्री नौ किलोमिटर टाढा पर्छ। याङग्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ। दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छन्। करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ (टिबीएम) प्रविधिबाट काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्ने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए। यो प्रविधिबाट सुरुङ बनाउँदा यन्त्रको प्रयोग गरिन्छ ।

‘याङग्री र लार्केको मुहानस्थल जाने करिब २४ किमी प्रवेशमार्गको निर्माण पनि ढिला हुने भएकाले समेत टिबीएम प्रविधिबाट काम गर्न लागिएको हो, मेलम्ची पुलबजारबाट चार किमी प्रवेश मार्ग कसले निर्माण गर्ने अझै निश्चित छैन, त्यसमाथिको १० किमीमा सडक विभागले काम गरिरहेको छ, मुहानस्थलको १० किमीमा आयोजनाले नै काम गरिरहेको छ’, उनले भने। 
     
प्रवेशमार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौँ समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको हो। तीन मिटर सडक र १.८ मिटर पानी बगाउन उपयोग गर्ने गरी सुरुङमार्ग बनाउने तयारी आयोजनाले गरेको छ । चिनियाँ निर्माण कम्पनीले भेरी बबई आयोजनामा पनि टिबीएम प्रविधिबाट सुरुङ निर्माण गरेको थियो। अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबीएम प्रविधिको सफल परीक्षण नेपालमा पहिलोपटक भेरी बबई आयोजनामा गरिएको छ । यसले परम्परागत सुरुङ निर्माणलाई विस्थापन गरेको छ। परम्परागत तरिकाले सुरुङ निर्माण गर्दा विष्फोट गरिन्छ ।

Ncell 2
Ncell 2

 यो चिनियाँ कम्पनीले भेरी बबई आयोजनाको करिब १२ किमी सुरुङ निर्माण गरिरहेको छ। प्रदेश ५ र कर्णालीका नागरिक लाभान्वित हुने योजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी बाँके र बर्दियामा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

छ महिना अघिदेखि सोही चिनियाँ कम्पनीले याङ्री र लार्केको पानी ल्याउन यो प्रविधिबाट काम गर्ने विषयमा अध्ययन गरेको थियो । डिबीएम प्रविधिबाट २६.५ किमी सुरुङ बनाउन करिब १० वर्ष लागेको छ। २०६६ साउनमा सुरुङको अन्तिम विन्दु सुन्दरीजलबाट सुरु भएको काम करिब छ महिनाअघि मात्र सम्पन्न भएको हो । चिनियाँ र इटालेली दुई निर्माण कम्पनी सुरुङको काम बीचमै छोडेर भागेका कारण पनि ढिलाइ भएको हो । सुरुङ सम्पन्न भएर पानी परीक्षण गर्दा मुहानस्थलमै ढोका भत्किएर विवाद भएको थियो ।

प्रत्येक खोलाबाट दैनिक १७ करोड लिटरका दरले ५१ करोड लिटर पानी राजधानी ल्याउने लक्ष्य छ । मेलम्ची खोलाको पानी ल्याउन २६.५ किमी सुरुङ निर्माण सम्पन्न गरी हाल पानी परीक्षण भइरहेको छ। सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी परीक्षणसमेत गरिएको छ ।

सुन्दरीजलबाट थोक वितरण प्रणाली र वितरण सञ्जाल निर्माणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ। पहिलो चरणको काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय
महिला मन्त्री श्रेष्ठद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक, नीतिगत तथा सेवा सुधारमा जोड
सम्बन्धित सामग्री
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति र... आइतबार, चैत ८, २०८२
पाल्पामा टिप्पर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुप... आइतबार, चैत ८, २०८२
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला... आइतबार, चैत ८, २०८२
ताजा समाचारसबै
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय आइतबार, चैत ८, २०८२
महिला मन्त्री श्रेष्ठद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक, नीतिगत तथा सेवा सुधारमा जोड आइतबार, चैत ८, २०८२
५४ अंक बढ्यो सेयर बजार आइतबार, चैत ८, २०८२
नेविसंघले तोक्यो महाधिवेशनको मिति, आफ्नै खर्चमा गर्ने घोषणा आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्