काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र संयुक्त अरब इमिरेटस (युएई) का राजदूत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र व्यवसायीहरुलाई आग्रह गरेका हुन्।
मन्त्री भट्टराईले कोभिड-१९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंशा गदै आउँदा दिनमा पनि सहकार्य जारी राख्न अनुरोध समेत गरेका थिए।
राजदूत नाक्बीले काठमाडौं-युएई उडान थप गर्न आग्रह गरेका थिए। साेही सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।