धादिङ–धादिङको गल्छी गाउँपालिका ६ चरौंदीबाट त्रिशुली नदीमा ट्यांकर खसेको छ।
ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसेको हो। नदीमा खसेपछि ट्यांकरमा आगलागी पनि भएको थियो।
ट्यांकर चालक र सहचालकका बारेमा कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदीमा खसेको ट्यांंकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।