काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आगामी ३ दिन भने देशैभरका प्रमुख, मझौला र साना नदीमा बहाव सामान्य घटबढमात्रै हुने र सतर्कता तलै हुने जनाइएको छ।
आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घट्ने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाले जनाएको छ।
हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।