एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ६ लाख ६५ हजार ४ सय १ पुगेको हो। हालसम्म संक्रमणबाट ९ लाख ५४ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ भने २ करोड ९ लाख १ हजार २४ जना निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६७ लाख ६४ हजार १ सय ९८ पुगेको छ भने १ लाख ९९ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ५३ लाख ८ हजार १४ संक्रमित र ८५ हजार ६ सय १९ को मृत्यु, ब्राजिलमा ४५ लाख २८ हजार २ सय ४० संक्रमित र १ लाख ३६ हजार ५ सय ३२ को मृत्यु र मेक्सिकोमा ६ लाख ८८ हजार ९ सय ५४ संक्रमित र ७२ हजार ८ सय ३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।