काठमाडौं- संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालमाको राष्ट्रिय झन्डा फहराइएको छ। असोज ३ गते संविधान दिवसका अवसरमा झन्डा फहराइएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
बेलुका ८ बजे नेपालको झन्डा फहराउने तय गरिएको नेपाली दूतावासले जानकारी दिएको थियो।
नेपाली दूतावासको अनुरोधमा बुर्ज खालिफामा झन्डा फहराइएको हो। बुर्ज खालिफाको भेरिफाइड फेसबुक पेजमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छोटो भिडियो राखिएको छ।
नेपालले विगतका वर्षमा पनि संविधान दिवसका अवसरमा बुर्ज खालिफामा झन्डा फहराउँदै आएको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।