• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३, २०८३ Sun, Jul 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सुशान्त-रिया प्रकरण : बलिउडका ड्रग्सका घटना किन बाहिर आउन पाउँदैनन्?

64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०७७  १४:५०
1140x725

बिबिसी- भारतीय फिल्म अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको जाँच अब ड्रग्सको अँध्यारो दुनियासम्म पुगिसकेको छ। यसमा रिया चक्रवर्तीको भाइ शौविक चक्रवर्ती हुँदै अहिले रिया चक्रवर्ती आफैं पनि मुछिएकी छन्।

गत आइतबार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले अन्य ६ जनालाई समेत गिरफ्तार गरेको छ।

सुशान्त सिंह राजपुतको मृत्युको घटनालाई लिएर रिया चक्रवर्तीविरूद्ध एफआइआर दर्ता भइसकेको छ‚ जसको सिबिआई अनुसन्धान चलिरहेको छ। एनसिबीको अनुसन्धानका साथसाथै अहिले भारतीय चलचित्र क्षेत्रमा पनि यस विषयमा धेरै चर्चा चलिरहेको छ।

रिया भाई के साथ

भारतीय राज्य सभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले शून्य समयमा बोल्दै केही व्यक्तिले चलचित्र उद्योगकै छवि खराव गराएको बताइन्।

बलिउडकर्मीहरूले नशालु पदार्थ सेवन गरेको विषय बाहिर आउनासाथ भारतीय अभिनेत्री कंगना रणावतले बलिउडका ९९ प्रतिशत कलाकारले नशालु पदार्थ सेवन गर्ने अभिव्यक्ति दिइन्। त्यही कुरालाई काट्दै रविना टन्डनले टोकरीमा रहेका केही बिग्रिएका स्याउलाई औंल्याएर सबै स्याउ खराब छन् भन्न नमिल्ने तर्क दिइन्।

कंगनाले लगाएको आरोप
अभिनेत्री कंगना रणावतले ९९ प्रतिशत भारतीय अभिनेता/अभिनेत्रीले ड्रग्स लिने आरोप लगाएकी थिइन्। तर मुम्बई पुलिसले यो विषयमा कंगनाको समेत अनुसन्धान गरिरहेको छ। किनकी केही समयअघि रणावतका नजिकका मित्र अध्ययन सुमनले कंगना रणावतले समेत सुमनलाई ड्रग्स दिने कोशिस गरेको भन्दै अभिव्यक्ति दिएका थिए। त्यो विषय अहिले अर्को चर्चाको विषय बनेको छ।

कंगना

nimb
nimb
Ncell 2
Ncell 2

यहाँसम्म कि अहिले कंगना रणावतको पहिलेको एक इन्स्टाग्राम भिडियोसमेत भाइरल भइरहेको छ‚ जसमा रणावतले खुलेरै आफूले ड्रग्स लिने गरेको बताएकी छन्।

शर्लिन चोपडाको दाबी
केही दिनअघिमात्रै भारतीय अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ड्रग्सको प्रयोग हुने गरेको भन्दै कंगना रणावतकै बोलीमा होमा हो मिलाउँदै उनले भनेकी छन्, ‘बलिउडमा मात्र ५ प्रतिशत बलिउडकर्मीमात्र यस्ता होलान्, जो ड्रग्सको प्रयोग गर्दैनन्।’

शर्लिनले यस्तो खुलासा गरेपछि बलिउडमा एककिसिमको हलचल मच्चिएको छ किनकी यसअघि बलिउडकर्मीहरूले ड्रग्स सेवन गर्ने कुराहरू आधिकारिक रूपमा बाहिर आएको थिएन।

शर्लीन चोपड़ा

शर्लिनले भनिन्, ‘सुरू सुरूमा फिल्म निर्माताहरू मलाई पार्टीमा बोलाउने गर्थे। त्यो समय मलाई त्यहाँ गयो भने नेटवर्क फैलन्छ, मानिसहरूसँग चिनजान हुन्छ, जसले गर्दा काम पाइन्छ जस्तो लाग्थ्यो। तर जब मैले त्यस्ता पार्टीमा पनि नेटवर्किङ् कम र नशालु पदार्थ ज्यादा लिने मान्छेहरू देखें अनि त्यस्ता पार्टीहरूमा जानै छाडिदिएँ।’

एनसिबीका कार्यकारी निर्देशक केपिएस मल्होत्राले यस्ता प्रकारका उजुरीहरू पहिला पनि लुकीछिपी आउने गरेको बताए। 

यसबारे जुनसुकै अनुसन्धान गरेपनि बालुवामा पानी हालेजस्तो हुने अभिनेत्री शर्लिन बताउँछिन्। उनी भन्छिन्, ‘एनसिबीको अनुसन्धानबाट पेडलर्स, डिलर्सको नाम त सार्वजनिक हुन्छ तर यीमध्ये केही भने अझै पनि यसबाट आफूलाई लुकाउन समर्थ हुनेछन्। र त्यसैगरी नै यो घटना पनि शान्त हुन्छ। त्यसपछि फेरि पहिलेको जस्तै।’

बलिउडमा ड्रग्स र मादक पदार्थसँग सम्बन्धित चर्चित घटना
बलिउडमा पहिलेदेखि नै ड्रग्ससम्बन्धी विभिन्न समाचारहरू बाहिर आइरहेका हुन्छन्। तर आधिकारिक रूपमा गरिएको गम्भीर अनुसन्धानमा भने अहिलेसम्म केही हात लाग्न सकेको छैन। त्यसो त कतिपय बलिउडकर्मीहरू ड्रग्स प्रयोग गरेकै अभियोगमा जेलसम्म गएका छन् भने कतिपय अझै पनि ड्रग्स रिह्याबिलिटेसनमा उपचार गराइरहेका छन्।

संजय दत्त

भारतीय चर्चित अभिनेता संजय दत्त ड्रग्सको मामिलामा चर्चित छन्। उनका पिता सुनील दत्तले संजयलाई उपचार गराउनका लागि रिह्याव सेन्टरसमेत लगेका थिए। त्यसपछि फेरि संजय बलिउडमा प्रवेश गरेका थिए। संजय दत्तको जीवनीमा आधारित फिल्म संजूमा समेत यो कुरालाई देखाइएको छ।

प्रतीक बब्बर
राज बब्बर र स्मिता पाटिलका छोरा प्रतीक बब्बरले आफू १३ वर्षको हुँदादेखि ड्रग्स लिन सुरू गरेको बताएका थिए।

पछि उनले रिह्याव सेन्टरमा उपचार गराएर यसबाट मुक्त पनि भएका थिए। उनी अहिले रिह्याव सेन्टर गएपछि सामान्य मानिसको जस्तै जीवनयापन गर्न पाउँदा हर्षित भएको बताउँछन्।

फरदीन खान
फिरोज खानका छोरा फरदीन खानलाई सन् २००१ मा मुम्बई प्रहरीले ड्रग्स प्रयोग गरिरहेका बेला पक्राउ गरेको थियो। त्यो घटना पछि गएर अदालतसम्म पुग्यो। पछि उनले पनि एक रिह्याव सेन्टरमा उपचार गराएर आफ्नो गल्तीलाई स्वीकार गरेपछि उनलाई कुनै सजाय सुनाइएको थिएन।

डिजे अकिल
संजय खानका ज्वाईं डिजे अकिललाई सन् २००७ मा दुबईमा प्रतिबन्धित ड्रग्स प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। पछि उनी विरूद्ध कुनै प्रमाण नमिलेपछि उनी छुटेका थिए।

राहुल महाजन

चर्चित क्यारेक्टर आर्टिस्ट विजय राजलाई सन् २००५ मा दुबईमा ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो। त्यो समय विजय ‘दिवाने हुए पागल’ फिल्मको सुटिङमा व्यस्त थिए। तर विजयले भने यो घटनालाई सधैं नै सत्यता नभएर अफवाह भएको बताउँदै आएका छन्।

राहुल महाजन
कुनै समय भारतीय जनता पार्टीका चर्चित नेता रहेका प्रमोद महाजनका छोरा र टिभी सो बिग बोसबाट चर्चामा आएका राहुल महाजनको नाम पनि ड्रग्ससँग जोडिएको छ।

उनी ड्रग्स सेवन गरेको आरोपमा जेलसमेत परिसकेका छन्। उनले पनि आफूमाथि लागेको सबै आरोपहरू सत्य नभएको जिकीर गर्दै आएका छन्।

कसरी सञ्चालन हुन्छन् मुम्बईका पार्टी?
मुम्बईमा फिल्मकर्मीहरूका अनेक प्रकारका पार्टी हुने गर्छन्, जहाँ अनौठा अनौठा कुराहरू देख्न पाइन्छ।

कहिले फिल्मको सफलताको नाममा त कहिले मुहुर्तको नाममा पार्टीहरू हुने गर्छन्। त्यहाँ उनीहरूसँगै मिडियाकर्मीहरू पनि हुने गर्छन्। यस्ता पार्टीमा प्रायः कि चर्चित मुहारहरू कि त रक्सीका बोतलहरू देख्न पाइन्छन्।

तर ड्रग्स भने हुँदैन। मिडियाको सामुन्ने पार्टी हुने भएकाले पनि हुन सक्छ यस्ता हर्कतहरू त्यति देखिँदैनन्। तर विभिन्न फिल्मकर्मीहरूले प्राइभेट पार्टी पनि बोलाउने भएकाले मिडियाकर्मीहरूलाई त्यस्तो पार्टीमा प्रायः बोलाइँदैन।

बलिउडमा मादक पदार्थ सेवनको कनेक्सन आक्कल झुक्कल बाहिर आउने गरेका छन्।

(बिबिसी हिन्दीबाट अनुवाद गरिएको।)

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो
किन बन्द भयो फेसबूक?
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
किन बन्द भयो फेसबूक? आइतबार, साउन ३, २०८३
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली आइतबार, साउन ३, २०८३
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार, साउन ३, २०८३
सुनचाँदीको मूल्य वृद्धि आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्