काठमाडाैं-एक सातादेखि जुम्लामा सत्याग्रहमा बसेका अभियन्ता डा गोविन्द केसीको माग पूरा गर्न माग गर्दै आज काठमाडौंका माइतीघरमा प्रदर्शन गरिएको छ।
सोलिडारिटी फर डा जिकेसी अलायन्सले प्रदर्शन गरेको हो। कोरोना महामारीलाई मध्यनजर गर्दै अलायन्सका ५ अभियन्ताले मात्र प्रदर्शन गरेका हुन्। सरकारले माग पूरा नगरे आन्दोलनको स्वरुप परिवर्तन गर्दै थप सशक्त बनाइने अभियन्ताहरुले जनाएका छन्।
आफूसँग विगतमा भएका माग अक्षरशः पूरा गर्न माग गर्दै डा केसी भदौ २९ गतेदेखि जुम्लामा सत्याग्रहमा बसेका थिए।
यसअघि चिकित्सक संघले पनि डा केसीका माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।