काठमाडौं–संविधान दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ। जसअनुसार प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित गरिने भएको छ।
यस्तै, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाउने भएका छन्।
सुकीर्तिमय राष्ट्रदीप (तृतीय) अख्तियारका आयुक्त डा गणेशराज जोशी, वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ, अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पाउने भएका छन्।
सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) ८ जनाले, प्रबल जनसेवा श्री (चतुर्थ) २४२ जनाले, जनसेवा श्री (पञ्चम) १०४ जनाले, राष्ट्र यशोवद्र्धक २ जनालाई, नेपाल सेवा प्रवीण १ जनालाई, समाजसेवा रत्न ११ जनालाई र परमपौरख भास्कर ९ जनाले पाउने घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।