काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) औचित्यका आधारमा खुल्ला दिमागले विना बहकाउ संविधान संशोधनका लागि सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ, कसैको बहकाउमा लागेर कार्यसूची नल्याउनमा जोड । ( औचित्यका आधारमा संविधान संशोधन )
२) २४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु, ३९० पुगे संक्रमित, काठमाडौं उपत्यकामा ८५९ सहित २ हजार २० जनामा संक्रमण, साढे ६१ हजारभन्दा बढी पुगे संक्रमित । ( नेपालमा ३९० पुगे मृतक)
३) २ महिनामा २ खर्बको वैदेशिक व्यापार, निर्यात बढ्दा आयात र राजस्व घट्यो, भन्सारबाट दैनिक ८० करोड राजस्व संकलन, १ खर्ब ५८ अर्ब रूपैयाँ व्यापार घाटा । ( निर्यात बढ्दा आयात र राजस्व घट्यो )
४) कोभिड नियन्त्रणमा खर्च गर्न भारतमा संसद् कोषको रकम, मन्त्री र सांसदको तलबभत्ता कटौती विधेयक पारित, संसद विकास योजनाको पैसा २ वर्षसम्म कोभिड नियन्त्रणमा खर्च गर्ने । ( भारतमा संसद् कोषको रकम कटौती )
५) र, युरोपा लिग फुटबलको दोस्रो चरण छनोट खेलमा इंग्लिस क्लब टोटनह्यामको जित, बुल्गेरियाको लोकोमोटिभ २–१ गोल अन्तरले पराजित, टोटनह्यामको जितमा केनको गोल । ( टोटनह्यामको जितमा केनको गोल )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।