काठमाडौं- गायक उदय सोताङ र गायिका मनिला सोताङको स्वरमा एउटा गजल तिम्रो लागि बोलको गीत सार्वजनिक भएको छ। गीतकार सुरेश वाग्लेका शब्द रहेको गीत नेपाली वेबसाइट युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
प्रेमिल शब्दमा रहेको गीतमा सोताङ दम्पतीको वास्तविक जीवनलाई प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ।
गीतको भिडियोमा पनि उनीहरूले नै अभिनय गरेका छन्। गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेको भिडियोलाई सान थापाको निर्देशनमा तयार पारिएको हो।
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।