• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनमत अपमानको अर्को अभ्यास

64x64
नेपाल लाइभ बिहीबार, असोज १, २०७७  १९:२३
1140x725

लोकतन्त्रको सबैभन्दा बलियो, अर्थपूर्ण र सुन्दर पक्ष भनेको जनमत हो। लोकतान्त्रिक व्यवस्थाको आधार र सौन्दर्य यही जनमतमा उभिएको हुन्छ। जनमतबाट अनुमोदन भएरै सदन र सरकारले पूर्णता पाउँछ। वैधता पाउँछ। जब लोकतन्त्रमा जनमत र यसको अनुमोदनको प्रक्रियाविरुद्ध अभ्यासहरु हुन्छन्, तिनले लोकतान्त्रिक मान्यता र मूल्यप्रति अपमान मात्र होइन, प्रहार गर्छन्। खिल्ली उडाउँछन्।

प्रत्यक्ष निर्वाचनमा पराजित कुनै पनि व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने उपक्रम हाम्रो लोकतान्त्रिक संविधानले परिकल्पना गर्दैन। संसदीय प्रणाली र यसको गरिमाले त झन् यस्तो अनुक्रमको अपेक्षा कुनै पनि आयामबाट गर्दैन। तर नेपालको राजनीतिमा यसरी उल्टो गंगा बगाउने काम पटक–पटक भइरहेको छ। दलभित्रको स्वार्थ सन्तुलनको अभिष्टार्थ पछिल्लो पटक नेकपा नेता वामदेव गौतमलाई जसरी राष्ट्रिय सभा सदस्य बनाइयो, त्यसले स्वयं उनका मतदाता र शुभेच्छुकको मात्र होइन, नेपाली राजनीति र राज्य प्रणालीको शीर झुकाएको छ।

हामी संविधान दिवसको पूर्वसन्ध्यामा छौं। संविधानको मर्म र यसले परिकल्पना गरेको मूल्यहरुको सम्मान गर्ने अवसर आउन दुई दिन मात्रै बाँकी छँदा भएको अहिलेको नियुक्तिले संविधानको भव्यतालाई गिज्याएको छ। र, यो काम तिनैबाट भइरहेको छ, जसले यसको गरिमा कायम राख्ने सपथ खाएका थिए।

Ncell 2
Ncell 2

राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई बिहीबार राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेपछि उनले ‘देश, जनता र संविधानप्रति बफादार रहनेछु’ भन्दै सपथ समेत लिइसकेका छन्। तर बफादारीको सपथको जगमा भने उनी २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा बर्दिया १ बाट पराजित भएको वास्तविकता अन्तर्निहित छ। सो क्षेत्रमा गौतमले ४४ हजार ७६ ल्याएका थिए। विजयी सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत ल्याएका थिए।

लोकतान्त्रिक प्रणालीमा विजयी र पराजित दुवैका आ–आफ्नै स्थानहरु हुन्छन्। विजयीका र पराजितहरुका भूमिका पनि अलग–अलग हुन्छन्। संसदीय प्रणालीमा विजयीहरु सदनमा पुगेर आफ्नो काम र कर्तव्य पूरा गर्छन् भने पराजितहरुले सदनबाहिर बसेर जनसेवा गरिरहनुपर्छ। दलभित्र उसको आफ्नै प्रभाव र भूमिका होला तर सदनले पराजित अनुहारलाई पहिचान गर्दैन। राष्ट्रिय सभा सदस्य छानिने या मनोनीत हुने आफ्नै मूल्यगत र गरिमापूर्ण प्रक्रिया छ। राष्ट्रिय सभा सदस्यको लाममा पनि जनताबाट पराजित अनुहारहरु समावेश भएको पटक्कै सुहाउने कुरा होइन। तर हाम्रा राजनीतिक दलले पटक पटक गरिरहेको यस्तो गैरसंवैधानिक र जनमतको खिल्ली उडाउने अभ्यास लोकतन्त्रका लागि घातक छ।

कुनै व्यक्ति–विशेष र नेता विशेषको संकीर्ण स्वार्थ पूरा गर्न संसदीय गरिमा र जनमतमाथि भइरहेको अपमानको यो घाउ बिस्तारै ‘क्रोनिक’ हुँदै जाने निश्चित छ। यसले मौजुदा लोकतान्त्रिक प्रणाली र राजनीतिप्रति नै वितृष्णा बढाउँदै लैजाने खतरा रहन्छ। सयौं जनताको बदलिदानी, जनताको रगत–पसिना र पटक–पटकका आन्दोलनको उपलब्धिका रुपमा आर्जित लोकतान्त्रिक गणतन्त्रप्रति घात र अविश्वासको दाग पैदा गर्ने यस्ता प्रयासहरु वाञ्छनीय होइनन्। चेनता भया।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्