काठमाडौं- जर्मन क्लब बायर्न म्युनिकबाट मिडफिल्डर थियागो अलकान्टारा इंग्लिस क्लब लिभरपुल जाने तयारीमा देखिएका छन्। उनलाई लिभरपुलले २७ मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो।
२९ वर्षका थियागो २०१३ मा स्पेनिस क्लब बार्सिलोनाबाट बायर्न म्युनिक गएका थिए। गएको सिजन च्याम्पियन्स लिग विजेता बायर्नमा थियागोको भूमिका विशेष रुपमा हेरिएको थियो। बायर्नमा एक वर्षको सम्झौता बाँकी रहँदै उनी क्लब छाड्ने नजिक पुगेका छन्।
थियागो यो सिजन बार्सिलोना नै फर्कने अनुमान चलिरहेका बेला उनी लिभरपुलसँग सम्झौताको नजिक पुगेका हुन्। बायर्नमा रहँदा थियागोले लगातार सात बुन्डेस लिगाको उपाधि पनि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।