नयाँदिल्ली–भारतमा २४ घण्टाका ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ९७ हजार ८ सय ९४ संक्रमित थपिएका हुन्। योसँगै भारतका संक्रमितको संख्या ५१ लाख १८ हजार २ सय ५४ पुगेको छ। यस्तै, २४ घण्टामा १ हजार १ सय ३२ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ८३ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ।
भारतमा हाल १० लाख ९ हजार ९ सय ७६ सक्रिय संक्रमित छन् भने ४० लाख २५ हजार ८० जना निको भएका छन्। सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। यहाँ २ लाख ९७ हजार ५ सय ६ सक्रिय संक्रमित छन्। भारतमा बुधबार ११ लाख ३६ हजार ६ सय १३ जनाको नमुना परीक्षण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।