काठमाडौं-प्रि-सिजनको मैत्रिपूर्ण फुटबल खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल थपे। जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए।
खेलको २१औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ४५औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रता दिलाए। खेलको ४६औं मिनेटमा जिरोनाका लागि सामुएलले गोल गर्दै २-१ गोलको स्थितिमा ल्याए। तर ५१औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए।
बार्सिलोनाले सेप्टेम्बर २७ तारिखमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै ला लिगा फुटबलको नयाँ सिजन सुरु गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।