एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ९७ लाख ३० हजार १ सय ४० पुगेको हो। हालसम्म विश्वभर कोरोना संक्रमणबाट ९ लाख ३८ हजार ५ सय ७५ जनाको मृत्यु भइसकेको छ भने २ करोड २ लाख २ हजार ८ सय ९९ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा ६६ लाख २६ हजार २ सय ४२ जना संक्रमित भएका छन् भने १ लाख ९६ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ। भारतमा ५० लाख २० हजार ३ सय ५९ संक्रमित र ८२ हजार ६६ को मृत्यु, ब्राजिलमा ४४ लाख १९ हजार ८३ संक्रमित र १ लाख ३४ हजार १ सय ६ को मृत्यु तथा रुसमा १० लाख ७५ हजार ४ सय ८५ संक्रमित र १८ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।