काठमाडौं- नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्। भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट फुटबल सुरु गरेका राजेश नेपालले १३औँ दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जित्दा नेपाली टिममा सामेल थिए। लिगका लागि उनी बिहीबार भारत जाँदै छन्।
उनले गएको वर्षको ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी)बाट खेलेका थिए। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय बी डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङमा अनुबन्ध भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।