काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार संक्रमितको संख्या ५० लाख २० हजार ३ सय ६० पुगेको हो।
भारतमा २४ घण्टामा ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ।
भारतमा १५ सेप्टेम्बरमा ११ लाख १६ हजार जनाको कोरोना परीक्षण गरिएको थियो भने हालसम्म भारतमा ५ करोड ९४ लाख २९ हजार १ सय १५ जनाको नमुना परीक्षण गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।