एजेन्सी–विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार २ सय ७२ पुगेको हो। हालसम्म २ करोड ९४ लाख १२ हजार ६ सय ९६ जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या १ करोड ९९ लाख ७० हजार ६ सय ८ छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ १ लाख ९५ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ३२ हजार ६, भारतमा ८० हजार ७ सय ७६, मेक्सिकोमा ७१ हजार ४९, बेलायतमा ४१ हजार ७ सय ५३ र इटालीमा ३५ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।
यस्तै, संक्रमितको संख्यामा पनि अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा ६६ लाख २ हजार ९ सय ८१, भारतमा ४९ लाख ३० हजार २ सय ३६, ब्राजिलमा ४३ लाख ४५ हजार ६ सय १०, रुसमा १० लाख ६९ लाख ८ सय ७३ र पेरुमा ७ लाख ३३ हजार ८ सय ६० जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।