• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बिदाइमा कुलमानले भने- नेपाली जनता मेरो प्रेरणाको श्रोत हुन्
कुलमान घिसिङ मंगलबार, भदौ ३०, २०७७  १६:००
1140x725

मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएका छौं। नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त पाएको थिएँ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीचप्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो। 

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा मेराे आर्थिक वर्ष (आव) २०७३/७४ मा ८८.१९, आव ७४/७५ मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको थियो। 

मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो। वर्षाकाे समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो। 

प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो। प्राधिकरणको आव २०७२/७३ सम्ममा संचित घाटा ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो। एकातर्फ कहालीलाग्दो अँध्यारोले मुलुक आक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो। प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो। करिब ६३ प्रतिशत जनता मात्रै ग्रिडको विद्युत पहुँचमा थिए। सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो। 

वर्षभरमा सबैभन्दा बढी विद्युतमा गहुने तिहारको लक्ष्मी पूजाका दिन कुशल व्यवस्थापन एवम्र प्रभावकारी प्रणाली संचालन मार्फत परीक्षणको रुपमा मुलकभर निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौंं। २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान बिन्दु थियो। 

लक्ष्मीपूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्‍यो। त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रित भयौं। अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं। वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएका छौं।

सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जामन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्य, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आम उपभोक्ताको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौैंं। 

विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं। तर, लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभीष्ट थिएन। हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरण तर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो। जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्नहुने चरणमा पुगेका छन्।

हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन्। प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको छ। ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन्। 

मैले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो। दोश्रो वर्ष  २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो। चौथो वर्ष खुद मुनाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ। चालु आवको बजेटमा प्राधिकरणको नाफा ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ।

ऋणात्मक रहेको संचितकोष धनात्मकतर्फ अघि बढिरहेको छ। चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव ०७६/७७ मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको छ। 

कर्मचारीको तलब खुवाउनसमेत सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनु पर्ने अवस्था थियो। तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक बजेट प्राधिकरण आफैले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुग्ने छ। प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्था सिर्जना हुनथालेको छ। हाल प्राधिकरणको छविमा सुधार आएको छ। आम नागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएको छ। प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिनआएको छ।

लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ। ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ। 

देशभरका करिब ८६ प्रतिशत जनताले ग्रिडको विद्युतमा पहुँच पाएका छन्। अफ ग्रिडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहुँच प्राप्त गरेका छन्। चार वर्षअघि प्रति व्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कूल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको थियो। तर, विद्युत खपत करिब ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६/७७ मा कुल उपलब्ध विद्युतको २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत निर्यात गरिएको छ। अर्को आवबाट हामी विद्युतमा आत्मनिर्भर हुनेछौं।

सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महसुल घटाएको छ। १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निःशुल्क र न्युनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नु पर्ने व्यवस्था गरिएको छ। समग्रमा ग्राहस्थ उपभोक्ताको महसुल करिब ८-९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्तालाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महसुल हटाइएको छ। 

सामुदायिक खानेपानी, सिंचाई तथा चार्जिङ स्टेसनको महसुल घटेको छ। यस्ले गर्दा विद्युत माग बढ्ने अपेक्षा गरिएको छ। आगामी दिनमा अमेरिकी डलरमा विद्युतखरिद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महशुल अझ सस्तो गर्न सकिने छ।

एकातर्फ लोडसेडिङ इतिहासमा विलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ। संस्था भित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिएको छ। 

भूमिगत तार बिछ्याई काठमाडौं उपत्यकालाई तार र पोलरहित बनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको छ। डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रक्रिया सुरु भैसकेको छ।

आयोजना निर्माणलाई तीब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरण तर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको छ।

निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ।  लामो समयदेखि रुग्ण भएर बसेका माथिल्लाो त्रिशूली-३ ए, चमेलिया र कुलेखानी-३ आयोजना सम्पन्न भएका छन्।

निजी क्षेत्रका सहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत आयोजना संचालनमा आएका छन्। प्रसारण र वितरण लाइनका रुग्न आयोजनाहरु सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा छन्। विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण प्राधिकरणको राजश्व संकलन प्रभावित हुन पुग्यो भने निर्माणाधीन केही आयोजनाहरु लक्षित समयमा पूरा हुन सकेनन्। 

नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने दूधकोशी (६३५ मेगावाट), माथिल्लो अरुण (१०६० मेगावाट) र तामाकोशी ५ (९९ मेगावाट) जस्ता जलविद्युत आयोजनाहरु निर्माणका लागि वित्तीयश्रोत जुटाउने चरणमा छन्। यी आयोजनाहरुको लगानी जुटाएर जाँडै निर्माण सुरु गर्ने चरणमा पुग्नेछन्। 

अन्तरदेशीय प्रसारणलाइनको क्षमता अभिवृद्धि भई करिब १५सय मेगावाट पुगेको छ। नेपाल–भारत दोश्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको लागिलगानी ढाँचा तयार भएको छ। साथै नेपाल-चीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भकार्य अगाडि बढेको छ। नेपालले भारत तथा बंगंलादेशको विद्युत् बजारमा पहुँच पाउने गरी कार्य अन्तिम चरणमा पुगेको छ। 

चार वर्षे कार्यकालमा देशका लागि आवश्यक केही महत्वपूर्ण योजनाहरु निरन्तरको प्रयासबाट पूरा हुन सकेनन्ः जसमध्ये माथिल्लो तामाकोशीसहित चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका आयोजनाहरु सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर बनाउदै निर्यात गर्ने, काठमाडौ उपत्यकालाई तार र पोल रहित बनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभर लागू गर्ने, देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहुँच पुर्याउने, डिजिटल एनईए बनाउने आदि मुख्य रहेका छन्।

आगामी दिन प्राधिकरणका लागि थप चुनौति पूर्ण रहनेछ। आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौतीहो भने उत्पादित विद्युतको बजार व्यवस्थापन दोश्रो चुनौतीको रुपमा रहेको छ। विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ। संघीय संरचना र नयाँ विद्युत ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनू चौथोे चुनौती रहको छ। यी चार मुख्य चुनौती बाहेक अन्य व्यवस्थापकीय चुनौतीहरु थपिंदै जानेछन्।

आभार
मलाई विश्वास गरी कार्यकारी निर्देशकमा नियुक्त गरी जिम्मेवारीपूर्वक काम गर्ने मौका दिनु हुने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), ऊर्जा मन्त्री जनार्दन शर्मालगायत तत्कालीन मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। उहाँहरुकोे नेतृत्व छोटो रहेतापनि सर्वसाधारणले अनुभूतहुने गरी लोडसेडिङ अन्त्यगर्न एवं समग्र विद्युत क्षेत्रको सुधारको जग बसाल्न सफलभएको थियो।

त्यसपछि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा, उर्जा मन्त्रीहरु कमलथापा र महेन्द्र शाहीको नेतृत्वमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा प्राधिकरणको सुधार एवं विद्युत आपूर्तिलाई व्यवस्थित बनाउने काममा थप सफलता प्राप्त भयो। उहाँहरुप्रति म आभार प्रकट गर्दछु।

मेरो चार वर्षे कार्यकालको सबैभन्दा बढी समय (करिब साढेदुई वर्ष) वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली र उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको नेतृत्वमा व्यतित भयो। ‘समृद्ध नेपाल सुखी नेपाली’बनाउने अभियानको सारथी वन्न पाउँदा अत्यन्त खुशी लागेको छ। 

यस अवधिमा औद्योगिक क्षेत्रको वेलुकाको पिक डिमान्ड हुने समयमा समेत निरन्तर विद्युत आपूर्ति गरी २०७५ वैशाख ३१ गतेबाट देशबाट लोडसेडिङ अन्त्यभएको औपचारिक घोषणा गरियो। प्राधिकरणलाई सार्वजनिक संस्थाहरुमध्ये सवभन्दा बढी नाफा कमाउने संस्थाको रुपमा लगातार दुई वर्ष स्थापित गर्न सफल भयौं। बहुआयमिक,गतिशीलएवं अग्रसर नेतृत्वप्रदान गर्नु भएकोमा उहांहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। 

प्राधिकरणलाई दिशानिर्देश गरी सक्षम संस्थाको रुपमाविकास गर्न नीतिगत निर्णय र कार्यक्रमहरुको कार्यन्वयनमा हरदम गतिशील नेतृत्वदिनु हुने तत्कालीन उर्जा सचिवअनुपकुमार उपाध्याय र वर्तमान सचिवदिनेश कुमार घिमिरे प्रतिहार्दिक आभार व्यक्तगर्दछु।

संचालक समितिबाट गरिने हरेक निर्णयहरुमा सकारात्मक सोचका साथ प्रभावकारी भूमिका निभाई व्यवस्थापनको हरेक कदममा सहयोग पुर्याउनु हुने वर्तमान र पूर्व संचालकहरुलाई हार्दिक धन्यवाददिन चाहन्छु।

प्राधिकरणलाई सामूहिक नेतृत्वदिन अहोरात्र खटिएका उच्चपदस्थ मेरा सहकर्मी साथीहरुमा उच्चतहको व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न सफलहुनु भएकोमा हार्दिक वधाई एवं धन्यवाददिन चाहन्छु। 

जुनसुकै कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरु प्रतिहार्दिक धन्यवाददिन चाहन्छु।

मेरो कार्यकालमा ट्रेड यूनियनहरुको भूमिकाअत्यन्तै सकारात्मक र महत्वपूर्ण रह्यो। यसकालागि आधिकारिक तथा क्रियाशील ट्रेड यूनियनहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

राति,विहान र बिदाको समयनभनी हरपलमेरो हरेक पाईलामानिरन्तर सहयोग गर्नु हुने मेरा सचिवालयका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाददिन चाहन्छु।

प्राधिकरणमार्फत नेपालकोउर्जा क्षेत्रमावित्तियसहयोग गर्नु हुन विकास साझेदार निकायहरु तथा संचयकोष, नागरिक लगानी कोष लगायत स्वदेशी वित्तिय संस्थाहरुलाई हार्दिक धन्यवाददिन चाहन्छु।

प्राधिकरणमार्फत उत्पादन, प्रसारण र वितरण आयोजनाहरुको लागि आवश्यक वजेट व्यवस्थापन गरी सहयोग गर्नु हुने अर्थ मन्त्रालय, चुहावट नियन्त्रण, जग्गा अधिकरण एवं सुरक्षा व्यवस्था संवन्धीकार्यमा सहयोग गर्नु हुने गृह मन्त्रालय, वन तथा वातावरण सम्बन्धीकार्यमा सहजीकरण गर्नु हुने वन तथा वातावरण मन्त्रालय, अन्तर मन्त्रालय सहजीकरण र आयोजनाहरुको छनौट एवं अनुगमनमा सहयोग पुर्याउनु भएकोमा राष्ट्रिय योजना आयोगलाई धन्यवाददिन चाहन्छु।

कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गति विधिमा निरन्तर रुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम उपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइ राजनीतिक दलका नेता एवं कार्यकर्ताहरु, स्थानीयतहका जनप्रतिनिधिहरु तथा विभिन्न व्यावसायिक संघ संस्थाहरु प्रतिविशेष आभार प्रकट गर्दछु। हाम्रा हरेक काम कारवाहीहरु प्रति नियमन, अनुगमनएवं निगरानी गर्नेे निकायहरु प्रति हार्दिक आभारव्यक्तगर्दछु।

विगत चार वर्षमा हामीले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्चवनाएको छ। अगामी दिनमा यसको गरिमा अझ उच्च हुंदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरनेछ। नेतृत्वको निरन्तरता वा परिवर्तन नियमितएवं स्वाभाविकप्रकृया हो, यसलाई हामी सवैले आत्मसाथ गर्नु पर्छ।म यसलाई बुझिदिन सबैलाई अनुरोध गर्दछु। 

अन्त्यमा सम्पूर्ण नेपालीजनता मेरो प्रेरणाको श्रोत हुन्। आगामीदिनमा मेरा सम्पूर्ण प्रयासहरु नेपाल र नेपालीजनताको समृद्धिको चाहना पूरा गर्नेतर्फ केन्द्रित रहनेछन्।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्