काठमाडौं- नाफा बुक गर्ने हाबी हुँदा मंगलबार ४.४७ अंकले ओरालो झरेको छ। कारोबार सुरु भएको केही समय सुधार देखिए पनि साढे एक बजेसम्ममा १३ अंकको गिरावट आएको थियो। गएका दिनमा शेयर खरिद गरेकाले नाफा बुक गर्ने र बजार अझै सुधार हुने अपेक्षामा शेयर खरिद गर्नेका कारण मंगलबार तीव्र उतारचढाव देखिएको थियो।
नेप्से सूचक घटेर १५३६.०३ अंकमा रोकिएको थियो। कारोबार रकम एक अर्ब ८० करोड रुपैयाँ नाघेको छ। १९१ वटा कम्पनीको कारोबार हुँदा ४८ वटा कम्पनीको मात्रै सुधार भएको छ। पाच वटा कम्पनीको शेयर मूल्य अधिकत बढ्ने क्रममा सर्किट लागेको छ।
१०५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा माउन्टेन हाइड्रोनेपालको शेयर मूल्य ४.८५ प्रतिशतले घटेको छ। होटल, जीवन बीमा र म्युचुअल फण्डको सूचकमा सुधार देखिए पनि बाँकी सूचक तथा उपसूचक घटेका छन्।
पछिल्लो समय सुधार भैरहेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। नाफा बुक पछि पनि बजार सुधार हुने अपेक्षा गरिए पनि पुनः बजार घट्ने संकेत देखिएको छ। अहिलेको सर्ट ट्रम बुलमा ब्रेक लागे सँगै केहि समय बजार करेक्सन हुनेछ। करेन्सन पछि बजार सुधार हुने विश्लेषकहरु बताउछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।