एजेन्सी–भारतमा २४ घण्टामा ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छ्न्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार ८३ हजार ८ सय ९ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कूल संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ।
यस्तै, २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार ७ सय ७६ पुगेको छ। भारतमा हाल ९ लाख ९० हजार ६१ सक्रिय संक्रमित छन् भने ३८ लाख ५९ हजार ४ सय जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।