काठमाडौं-गत संस्करणमा चौथो स्थानमा इंग्लिस प्रिमियर लिग फुटबल सकाएको चेल्सीले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
सोमबार राति सम्पन्न खेलमा ब्राइटनलाई चेल्सीले ३-१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले गोल गरे। ब्राइटनका लिन्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए। २३औं मिनेटमा नै जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनकै गोलको कारण चेल्सीले ब्राइटनसँग पहिलो हाफसम्म १–० गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्दा ब्राइटनले एक गोल फर्काउन सफल भयो।
खेलको ५४औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई १–१ गोलको स्थितिमा ल्याए। तर यो बराबरी धेरै समय टिकेन। खेलको ५६औ मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २–१ गोलको अग्रतामा पुर्याए। ६६औं मिनेटमा जुमाले गोल गर्दा चेल्सी ३–१ गोलअन्तरले विजयी भएको हो।
सोमबार राति नै भएको अर्को खेलमा वोल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।