काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप १५ जना कोरोना संक्रमितको मृत्यु, ३ सय ६० पुगे मृतक, काठमाडौं उपत्यकामा ५ सय १२सहित ११ सय ७० जनामा संक्रमण, ५५ हजार ३ सय २९ जना पुगे संक्रमित । (नेपालमा ३ सय ६० पुगे मृतक)
२ ) मेडिकल सामग्री समयमै उपलब्ध नगराउने ओम्नी ग्रुप सरकारको कालो सूचीमा, एक वर्षसम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने (कालोसूचीमा ओम्नी )
३) कोरोना संक्रमितको उपचारबाट पछि हट्यो सरकार, विपन्न नागरिकको मात्र उपचार शुल्क निःशुल्क गरिने (जिम्मेवारीबाट पन्छिदै सरकार)
४) बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा
५) र, फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन पिएसजीको लगातार दोस्रो खेलमा हार, एकै खेलमा पाँच खेलाडिले पाए रातो कार्ड (पिएसजीले फेरि हार्योे)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।