काठमाडौं- मलको ठेक्का लिएर समयमा नै मल आयात गर्न नसकेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपललाई कालो सूचीमा राख्ने प्रक्रिया थालनी गरेको छ। सोमबार लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्रचार गर्दै यी दुवै कम्पनीलाई कालोसूचीमा राख्न भनेको हो।
प्रचण्डका घरबेटीसमेत रहेका शैलुङका संचालक शारदाप्रसाद अधिकारीले शक्तिकेन्द्रका भरमा बिना कुनै अनुभव मल ल्याउने ठेक्का हात पारेको भन्दै आलोचना भएको थियो।
तोकिएको समयमा मल ल्याउन नसकेको भन्दै गत साता लिमिटेडले शैलुङ र हनिको सँगको ठेक्का सम्झौता खारेज गर्दै धरौटी रकमसमेत जफत गर्ने निर्णय गरेको थियो। ठेक्का सम्झौताअनुसार भदौ २० गतेसम्ममा नेपाल ल्याइसक्नुपर्ने थियो। सरकारले भदौ २१ गते ठेक्का सम्झौता तोड्ने र धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो।
अझै पनि शैलुङसँग ५५ टन मल ल्याउने सुरक्षित छ। तर यो समयमा पनि उसले मल ल्याउने सक्ने नदेखिएपछि सरकारले बंगलादेशसँग पैँचोमा मल ल्याउने तयारी गरेको छ। तर बंगलादेशबाट पैँचोमा कसरी मल ल्याउने भन्ने निर्णयमा कृषि मन्त्रालय पुगिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।