काठमाडौं–युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले दुई लाख ७० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। संस्थाले प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
संझौतापत्रमा माइक्रोफाइनान्सका तर्फबाट गोपाल दहित र मर्चेन्ट बैंकरको तर्फबाट कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै लघुवित्तले प्राथमिक शेयर निष्काशन गर्न पाउनेछ।
युनिक नेपालले गत पुस २० गते बुद्धज्योति लघुवित्तलाई मर्ज गर्ने सम्झौता गरेको थियो। तर अहिलेसम्म मर्जर भने सफल हुन सकेको छैन। मर्जर पुरा नभइ युनिक नेपालले प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
संस्थाको हालको चुक्ता पुँजी ९ करोड ६८ लाख रुपैयाँ रहेको छ। २ करोड ७० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेसँगै पुँजी १२ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।