एजेन्सी–कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या ९ लाख २२ हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ९ लाख २२ हजार २ सय १२ पुगेको हो। हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ८८ लाख ८४ हजार ५ सय ३३ पुगेको छ।
सबैभन्दा बढी मृत्यु अमेरिकामा १ लाख ९४ हजार ३६ जनाको भएको छ भने ब्राजिलमा १ लाख ३१ हजार ६ सय २५, भारतमा ७८ हजार ५ सय ८६, मेक्सिकोमा ७० हजार ६ सय ४, बेलायतमा ४१ हजार ७ सय १७, इटालीमा ३५ हजार ६ सय १० र फ्रान्समा ३० हजार ६ सय १० जनाको मृत्यु भएको छ।
संक्रमितको संख्यामा पनि अमेरिका अगाडि छ। त्यहाँ ६५ लाख १७ हजार ३ सय २६ जना संक्रमित भएका छन् भने भारतमा ४७ लाख ५४ हजार ३ सय ५६ र ब्राजिलमा ४३ लाख ३० हजार ४ सय ५५ जना संक्रमित भएका छन्। यस्तै, रुसमा १० लाख ५९ हजार २४, पेरुमा ७ लाख २२ हजार ८ सय ३२, कोलम्बियामा ७ लाख ८ हजार ९ सय ६४ र मेक्सिकोमा ६ लाख ६३ हजार ९ सय ७३ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।