काठमाडौं- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत् बजारबाट १३ अर्ब उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ ३० गते विभिन्न अवधिमा ट्रेजरी बिलको बोलकबोलमार्फत् खरिद गर्ने भएको हो।
२८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ४ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब रुपैयाँ र एक वर्ष अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल भदौ २९ गतेदेखि खुला गर्नेछ।
राष्ट्र बैंकले अहिले जारी गर्न लागेको ट्रेजरी बिल पुरानै हो। पुरानै ऋणपत्रलाई नविकरण गर्नका लागि यो जारी गरेको हो। एक वर्षको अवधिको ऋणपत्र २०७८ भदौ २९ गते समाप्त हुनेछ। त्यस्तै १८२ दिन अवधिको ऋणपत्र २०७७ चैत ३ गते समाप्त हुनेछ।
नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको ऋणपत्रमा दुइ गुणा बढि आवदेन परेको थियो। ९१ दिन अवधिको १२ अर्ब २६ करोड रुपैयाँको ऋणपत्रका लागि २१ अर्ब ४५ करोड रुपैयाँको आवदेन परेको थियो। त्यस्तै एक वर्ष अवधिको दुई अर्ब रुपैयाँको ऋणपत्रका लागि ११ अर्ब ३६ करोड रुपैयाँको आवेदन परेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गए पछि सरकारी ऋणपत्रमा बढि आवदेन पर्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।