काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीको कमलामाई नगरपालिकाबीच आइतबार सहुलियतपूर्ण कर्जाका लागि सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलितयपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पु¥याउने बताए। नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसंग सम्बन्धित लक्ष्य प्राप्त गर्नकोलागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीार्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।