काठमाडौं–वाेमी लघुवित्त वित्तीय संस्था र आइपिओ नै निष्काशन नगरेको स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। गत शुक्रवार दुवै संस्थाले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर प्रकृयाँमा गएसँगै वाेमीको दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ।
ग्रामीणको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ। त्यस्तै वाेमीको चुक्ता पुँजी २७ करोड ७८ लाख रुपैयाँ छ। बराबरी हैसियतमा मर्ज भएका खण्डमा मर्जरपछि संस्थाको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ पुग्नेछ। प्रतिशेयर आम्दानी हेर्ने हो भने ग्रामीणको ३३ रुपैयाँ र वमीको ९ रुपैयाँ रहेको छ।
मर्जरमा गएसँगै संस्थाले काठमाडौंमा केन्द्रीय कार्यालय खोल्न पाउनेछ। साथै संस्थाले राष्ट्रिय स्तरमा आफ्नो सेवा विस्तार गर्न सक्ने छ। ग्रामीणको केन्द्रीय कार्यालय हरिवन सर्लाहीमा रहेको छ भने वाेमीको बनेपा काभ्रेमा रहेको छ। वाेमीले यसअघि नागरिक लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेको थियो। संस्थाको यो दोस्रो मर्जर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।