काठमाडौं- एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनेलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ। अहिले उनमा कुनै लक्षण नदेखिएको भए पनि घरमा नै सेल्फ आइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ।
अभ्यासमा रहेका सबैको प्रशिक्षण गर्दा टिममा प्रशिक्षकलाई मात्र संक्रमण देखिएको बताइएको छ। ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिडले सेप्टेम्बर २७ मा ग्रानडासँग खेल्ने तालिका रहेको छ।
पछिल्लो २४ घन्टामा स्पेनमा कोरोना भाइरसको संक्रमण १२ हजार १ सय ८३ जनामा देखिएको र ४८ जनाको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।