काठमाडौं-जापानी खेलाडी नाओमी ओसाकाले युएस ओपन टेनिसको उपाधि जितेकी छिन्।
आइतबार बिहान भएको फाइनलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै युएस ओपन टेनिसको उपाधि जितेकी हुन्। योसँगै उनले तेस्रो पटक ग्राण्डस्लाम उपाधि जितेकी हुन्। पहिलो सेट १-६ ले गुमाएकी उनले बाँकी दुई ६-३ र ६-३ को सेटमा जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारिन्।
२२ वर्षीय ओसाकाले फाइनलमा पुगेपछि सबै ग्राण्डस्लाम जित्ने रेकर्ड पनि राखेकी छिन्। ओसाकाले सन् २०१८ को युएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। त्यस्तै, सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको पनि उपाधि जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।